हिमालयन लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
- Jun 10, 2025
- 227
हिमालयन लाइफ इन्स्योरेन्स (HLI) को लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो। कम्पनीले वार्षिक साधारण सभा तथा लाभांश वितरणको प्रयोजनका लागि जेठ २८ गते (भोलि) एक दिनका लागि बुकक्लोज गर्ने निर्णय गरेको छ।
यस अनुसार, आज (जेठ २७) सम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीहरुले साधारण सभामा सहभागी हुन र प्रस्तावित लाभांश प्राप्त गर्न योग्य हुनेछन्।
इन्स्योरेन्सले आठौँ वार्षिक साधारण सभा आगामी असार १० गते, मंगलबार बिहान १०:३० बजे काठमाडौँको आम्रपाली ब्यांकेट, भाटभटेनीमा आयोजना गर्नेछ। सभामा हालको चुक्ता पूँजीको ८ प्रतिशत नगद लाभांश (कर सहित) वितरण सम्बन्धी प्रस्ताव पारित गरिनेछ।
त्यसैगरी, सभाले आवश्यक परे कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका अन्य प्रस्तावहरूमाथि पनि निर्णय लिनेछ।














No comments yet.