Sarbaguna
Post Image

अधिक तरलताको समस्या यथावत् : ९ अर्ब ४० करोड परिपक्क हुने भएपछि आज फेरि २० अर्ब खिच्दै केन्द्रीय बैंक

काठमाडौं, आजनेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीमा बढ्दो तरलता नियन्त्रण गर्न आज फेरि २१ दिनका लागि २० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन उपकरण (Deposit Collection Instrument) जारी गरेको छ।

चैत ६ गते निष्काशन गरिएको ९ अर्ब ८० करोड रुपैयाँ बराबरको निक्षेप संकलन उपकरण आजै परिपक्क (mature) हुने भएकाले, राष्ट्र बैंकले थप २० अर्ब रुपैयाँ प्रणालीबाट प्रशोचन (absorb) गर्न लागेको हो। उल्लेखनीय छ कि उक्त दिन राष्ट्र बैंकले २५ अर्ब रुपैयाँ खिच्न चाहेको थियो, तर बैंकहरूले केवल ९ अर्ब ४० करोड मात्र आवेदन दिएका थिए।

प्रमुख विवरणहरू:

  • निक्षेप अवधि: २१ दिन

  • बोलकबोलको अन्तिम समय: आज दिउँसो ३ बजे

  • साँवा तथा ब्याज भुक्तानी मिति: २०८२ साल वैशाख १७ गते

  • ब्याजदर: बोलकबोल (competitive bidding) मार्फत निर्धारण हुने

  • न्यूनतम आवेदन सीमा: १० करोड रुपैयाँ

  • अधिकतम सीमा: बाँकी रकम ५ करोडको गुणांकीय हिसाबमा निःशेष हुने गरी

बैंक तथा वित्तीय संस्थाहरूले यस उपकरणमा सहभागिता जनाएर मौद्रिक नीतिमा सहयोग पुर्‍याउन सक्नेछन्।

Leave a Comments

Comments

    No comments yet.