
अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले आज ३५ अर्ब रुपैयाँ बजारबाट तान्ने
- Apr 7, 2025
- 2
काठमाडौं : नेपाल राष्ट्र बैंकले आज सोमबार (चैत २५ गते) बजारबाट ३५ अर्ब रुपैयाँ संकलन गर्ने भएको छ । बजारमा रहेको अत्यधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत उक्त रकम तान्न लागेको हो ।
राष्ट्र बैंकका अनुसार यो निक्षेप संकलन २३ दिन अवधिको हुनेछ र सोमबार दिउँसो ३ बजेसम्म इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले बोलकबोल प्रक्रियामार्फत आवेदन दिन सक्नेछन् ।
साँवा तथा ब्याज भुक्तानी मिति वैशाख १७ गते तोकिएको छ भने ब्याजदर भने बोलकबोल प्रक्रियाबाट निर्धारण हुनेछ । सहभागी संस्थाहरूले न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम ५ अर्ब रुपैयाँसम्म माग गर्न सक्नेछन्, तर निःशेष बाँडफाँट हुनेगरी मात्र ।
No comments yet.