अनलाइन सेक्युरिटिज लिमिटेडका अध्यक्ष अनन्त पौडेलको ४२ वर्षको उमेरमा निधन
- Mar 28, 2025
- 161
४९ नम्बरको ब्रोकरको रुपमा परिचित अनलाइन सेक्युरिटिज लिमिटेडका सञ्चालक तथा अध्यक्ष अनन्त पौडेलको ४२ वर्षको उमेरमा निधन भएको छ। दीर्घकालीन मृगौला समस्याबाट पीडित रहेका पौडेलको बिहीबार बिहान आफ्नै निवासमा निधन भएको हो। भारतमा मृगौला प्रत्यारोपण गरिए पनि सफल हुन नसक्दा उनको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको थियो। पौडेलका पत्नी र तीन सन्तान रहेका छन्।












No comments yet.