अपर सोलु हाइड्रोको लक इन अवधि असार २९ गते सकिंदै
- Jun 9, 2025
- 269
काठमाडौं : अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडको संस्थापक, स्थानीय बासिन्दा र कर्मचारीलाई बाँडफाँट गरिएका सेयरको ‘लक–इन’ अवधि असार २९ गते समाप्त हुने भएको छ। सो अवधिपछि उनीहरूले होल्ड गरेका सेयरहरू शेयर बजारमा कारोबार गर्न योग्य हुनेछन्।
कम्पनीले सर्वसाधारणलाई सेयर बाँडफाँट गरेको मितिबाट तीन वर्षसम्म संस्थापक सेयरधनी, स्थानीय बासिन्दा र कर्मचारीहरूको सेयर लक–इनमा राख्नुपर्ने नियमनात्मक व्यवस्था रहेको छ। हाल कम्पनीको १ करोड १ लाख ९२ हजार ५०० कित्ता संस्थापक सेयर, १३ लाख ५० हजार कित्ता स्थानीयको सेयर र ३९ हजार १५० कित्ता कर्मचारीको सेयर लक–इन अन्तर्गत रहेका छन्।
यद्यपि, सञ्चालक समितिमा रहेका व्यक्तिहरू तथा कम्पनीको उच्च व्यवस्थापन तहमा कार्यरत कर्मचारीहरूले भने आफ्नो सेयर तत्काल बिक्री गर्न नपाउने कम्पनीले जानकारी गराएको छ।













No comments yet.