
अपर हेवाखोला हाइड्रोपावरको लक इन असार ३१ गते सकिंदै
- Jun 10, 2025
- 7
काठमाडौं : अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडको संस्थापक, स्थानीय बासिन्दा र कर्मचारीलाई बाँडफाँट गरिएको सेयरको ‘लक-इन’ अवधि असार ३१ गते समाप्त हुने भएको छ । उक्त मितिपछि उनीहरूले होल्ड गरेका सेयरहरू खरिदबिक्री गर्न सक्नेछन् ।
कम्पनीले सर्वसाधारणलाई सेयर बाँडफाँट गरेको मितिबाट तीन वर्षसम्म संस्थापक, स्थानीय र कर्मचारीको सेयर ‘लक-इन’ मा राख्नुपर्ने नियमअनुसार ३० लाख कित्ता संस्थापक सेयर, ५ लाख कित्ता स्थानीयको सेयर र ३० हजार कित्ता कर्मचारीको सेयर कारोबार निषेध गरिएको थियो ।
यद्यपि सञ्चालक समितिका सदस्य र कम्पनीको उच्च व्यवस्थापन तहमा रहेका कर्मचारीहरूले भने आगामी दिनमा पनि सेयर बिक्री गर्न नपाउने व्यवस्था कायम रहने कम्पनीले जनाएको छ ।
No comments yet.