Sarbaguna
Post Image

अमेरिकी डलरको भाउ घट्यो, अन्य मुद्राको सटही दर कति छ ?

काठमाडौं : आज अमेरिकी डलरको विनिमय दर घटेको छ। नेपाल राष्ट्र बैंकका अनुसार जेठ १३ गते, मंगलबार १ अमेरिकी डलरको बिक्रीदर १३६ रुपैयाँ ४४ पैसा र खरिददर १३५ रुपैयाँ ८४ पैसा कायम भएको छ। सोमबारको तुलनामा डलरको मूल्य घटेको हो, किनभने सोमबार डलरको बिक्रीदर १३६ रुपैयाँ ६५ पैसा र खरिददर १३६ रुपैयाँ ०५ पैसा थियो।

त्यस्तै, आज १ युरोको बिक्रीदर १५५ रुपैयाँ २७ पैसा र खरिददर १५४ रुपैयाँ ५९ पैसा रहेको छ। बेलायती पाउन्ड १ को बिक्रीदर १८५ रुपैयाँ र खरिददर १८४ रुपैयाँ १९ पैसा तोकिएको छ।

अष्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ४१ पैसा र बिक्रीदर ८८ रुपैयाँ ८० पैसा रहेको छ भने क्यानेडियन डलर १ को खरिददर ९९ रुपैयाँ ०५ पैसा र बिक्रीदर ९९ रुपैयाँ ४९ पैसा निर्धारण गरिएको छ।

कतारी रियाल १ को खरिददर ३७ रुपैयाँ २७ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४४ पैसा रहेको राष्ट्र बैंकले जानकारी दिएको छ।

Leave a Comments

Comments

    No comments yet.