Sarbaguna
Post Image

अमेरिकी डलरको भाउ स्थिर, अन्य मुद्राको सटही दर कति छ ?

काठमाडौं: आज जेठ १२ गते सोमबार विदेशी मुद्राको विनिमय दर स्थिर देखिएको छ। नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको दर पछिल्ला दिनहरूझैं स्थिर रहँदै आएको छ। आज १ अमेरिकी डलरको बिक्रीदर १३६ रुपैयाँ ६५ पैसा र खरिददर १३६ रुपैयाँ ०५ पैसा कायम गरिएको छ। यो दर शनिबारदेखि यथावत् छ।

आज १ युरोको खरिददर १५४ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५५ रुपैयाँ ३० पैसा रहेको छ। त्यस्तै, बेलायती पाउन्डको खरिददर १८४ रुपैयाँ १८ पैसा र बिक्रीदर १८४ रुपैयाँ ९९ पैसा छ।

अन्य प्रमुख मुद्राहरूमा अष्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ३६ पैसा र बिक्रीदर ८८ रुपैयाँ ७५ पैसा छ भने क्यानेडियन डलरको खरिददर ९९ रुपैयाँ ०२ पैसा र बिक्रीदर ९९ रुपैयाँ ४६ पैसा निर्धारण गरिएको छ।

कतारी रियालको विनिमय दर पनि निर्धारण गरिएको छ, जसअनुसार १ कतारी रियालको खरिददर ३७ रुपैयाँ ३३ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६२ पैसा रहेको छ।

Leave a Comments

Comments

    No comments yet.