Sarbaguna
Post Image

अमेरिकी डलरको भाउ स्थिर, युरो घट्यो : प्रमुख देशको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं : आज पनि अमेरिकी डलरको भाउ स्थिर देखिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चैत २५ गते, सोमबारका लागि १ अमेरिकी डलरको बिक्रीदर १३६ रुपैयाँ ६८ पैसा र खरिददर १३६ रुपैयाँ ०८ पैसा निर्धारण गरिएको छ । यो दर शनिबारदेखि यथावत् छ ।

तर युरोको भाउमा आज केही गिरावट आएको छ । राष्ट्र बैंकका अनुसार सोमबार १ युरोको बिक्रीदर १४९ रुपैयाँ ७५ पैसा र खरिददर १४९ रुपैयाँ ०९ पैसा रहेको छ । आइतबार भने १ युरोको बिक्रीदर १५१ रुपैयाँ ०५ पैसा र खरिददर १५० रुपैयाँ ३९ पैसा थियो ।

Leave a Comments

Comments

    No comments yet.