Sarbaguna

अर्थमन्त्री खनालद्वारा निजी क्षेत्रसँग आर्थिक सुधारबारे छलफल

अर्थमन्त्री Rameshwar Prasad Khanal ले निजी क्षेत्रका प्रमुख व्यवसायिक संघ–संस्थाका प्रतिनिधिसँग समसामयिक आर्थिक विषयमा छलफल गरेका छन्। बिहीबार भएको उक्त छलफलमा विभिन्न व्यवसायिक संस्थाका नेतृत्वकर्ताहरू सहभागी भएका थिए।

छलफलमा Federation of Nepalese Chambers of Commerce and Industry का अध्यक्ष Chandra Prasad Dhakal, Nepal Chamber of Commerce का अध्यक्ष Kamlesh Kumar Agrawal, Confederation of Nepalese Industries का अध्यक्ष Birendra Raj Pandey तथा Nepal Industry Commerce Federation का अध्यक्ष Khem Raj Bhandari सहभागी थिए।

छलफलका क्रममा उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदन कार्यान्वयन, राजस्व वृद्धि गर्न आवश्यक नीतिगत संशोधन, सुशासन तथा भ्रष्टाचार नियन्त्रण जस्ता विषयमा विशेष रूपमा चर्चा भएको Nepal Chamber of Commerce का अध्यक्ष अग्रवालले जानकारी दिए।

निजी क्षेत्रले भ्याट प्रणालीलाई बहुदरमा लैजानुपर्ने, कच्चा पदार्थ र तयारी वस्तुको आयात करबीच स्पष्ट अन्तर राख्नुपर्ने, उत्पादन तथा निर्यात प्रवर्द्धन गर्नुपर्ने र अन्तःशुल्क दर घटाउनुपर्ने माग सरकारसमक्ष राखेको थियो।

त्यस्तै, निजी क्षेत्रसँग सम्बन्धित फाइलहरू विभिन्न निकायमा लामो समयसम्म थन्काएर राख्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने विषयमा पनि व्यवसायीहरूले ध्यानाकर्षण गराएका थिए।

आगामी दिनमा आर्थिक गतिविधि विस्तार गरी करिब ७ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने, प्रतिव्यक्ति आय ३ हजार अमेरिकी डलरसम्म पुर्‍याउने तथा हालको करिब ६० खर्ब रुपैयाँको अर्थतन्त्रलाई १०० खर्ब रुपैयाँमा विस्तार गर्ने लक्ष्य प्राप्त गर्न निजी क्षेत्रको मनोबल बढाउन आवश्यक रहेको धारणा पनि व्यक्त गरिएको थियो।

छलफलका क्रममा अर्थमन्त्री खनालले लगानीमैत्री वातावरण निर्माण तथा आर्थिक सुशासन कायम गर्न सुधारात्मक कदम चालिएको उल्लेख गर्दै बाँकी विषयबारे आगामी सरकारलाई सुझाव दिने प्रतिबद्धता जनाएका थिए।

साथै, हालै सम्पन्न निर्वाचनपछि देशमा स्थिर सरकार बन्ने वातावरण बनेकाले आगामी दिनमा व्यवसायिक वातावरण अझ सुधार हुने अपेक्षा निजी क्षेत्रका प्रतिनिधिहरूले व्यक्त गरेका छन्।

Leave a Comments

Comments

    No comments yet.

Follow Us