
आज पनि घट्यो अमेरिकी डलरको भाउ, अरु विदेशी मुद्राको विनिमय दर कति ?
- Jun 11, 2025
- 9
काठमाडौं : आज बुधबार (जेठ २८) पनि अमेरिकी डलरको भाउ ओरालो लागेको छ। नेपाल राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको बिक्रीदर १३७ रुपैयाँ २७ पैसा र खरिददर १३६ रुपैयाँ ६७ पैसा निर्धारण गरिएको छ। अघिल्लो दिन मंगलबार डलरको बिक्रीदर १३७ रुपैयाँ ३० पैसा र खरिददर १३६ रुपैयाँ ७० पैसा थियो। मंगलबार पनि डलरको भाउ घटेको थियो।
राष्ट्र बैंकका अनुसार आज १ युरोको बिक्रीदर १५६ रुपैयाँ ८४ पैसा र खरिददर १५६ रुपैयाँ १५ पैसा कायम गरिएको छ। त्यस्तै, १ बेलायती पाउन्डको बिक्रीदर १८५ रुपैयाँ २८ पैसा र खरिददर १८४ रुपैयाँ ४७ पैसा छ।
जापानी १० येनको बिक्रीदर ९ रुपैयाँ ५० पैसा र खरिददर ९ रुपैयाँ ४५ पैसा रहेको छ। अष्ट्रेलियन डलर १ को खरिददर ८९ रुपैयाँ ०६ पैसा र बिक्रीदर ८९ रुपैयाँ ४५ पैसा छ भने, क्यानेडियन डलर १ को खरिददर ९९ रुपैयाँ ८४ पैसा र बिक्रीदर १०० रुपैयाँ २७ पैसा तोकिएको छ।
यस्तै, कतारी रियाल १ को खरिददर ३७ रुपैयाँ ५० पैसा र बिक्रीदर ३७ रुपैयाँ ६६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
No comments yet.