
आज यी २ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन
- Apr 23, 2025
- 7
काठमाडौं: नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत दुई लघुवित्त कम्पनीको लाभांश प्राप्त गर्न आज वैशाख १० गते, बुधबार अन्तिम दिन हो। स्वरोजगार लघुवित्त र स्वाभिमान लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण तथा वार्षिक साधारण सभाका लागि वैशाख ११ गते बुक क्लोज गर्ने भएकाले, आजसम्म कायम रहेका सेयरधनीहरूलाई मात्र प्रस्तावित लाभांश प्राप्त हुनेछ।
स्वरोजगार लघुवित्त ले अघिल्लो आर्थिक वर्षको नाफाबाट १३.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। उक्त प्रस्ताव पारित गर्न कम्पनीले वैशाख २९ गते नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंमा बिहान ११ः३० बजे वार्षिक साधारण सभा आह्वान गरेको छ।
त्यस्तै, स्वाभिमान लघुवित्त ले ५ प्रतिशत बोनस सेयर र ०.२६३२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ। यस प्रस्तावलाई अनुमोदन गर्न कम्पनीले वैशाख १९ गते बिहान ११ बजे, आफ्नै केन्द्रीय कार्यालय तिलोत्तमा–५, रुपन्देहीमा साधारण सभा डाकेको छ।
लाभांश प्राप्त गर्न इच्छुक लगानीकर्ताले आजभित्र सम्बन्धित कम्पनीको सेयर आफ्नो नाममा कायम गरिसक्नु आवश्यक छ।
No comments yet.