आरएसडिसी लघुवित्तको साधारण सभा मंसिर १२ गते
- Nov 3, 2025
- 113
आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेड (RSDC) ले गत आर्थिक वर्षको मुनाफाबाट वितरण गर्न लागेको ८% नगद लाभांश (कर सहित) पारित गर्नका लागि मंसिर १२ गते, शुक्रबार साधारण सभा बोलाएको छ।
सभा वेष्टर्न एशियन होटल प्रा.लि., बुटवल, रुपन्देहीमा बिहान ९:३० बजे सुरु हुनेछ।
सभाले अन्य वित्तीय संस्थासँग मर्जर वा एक्विजिशन सम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरू पनि पारित गर्नेछ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले कात्तिक २५ गते बुकक्लोज गर्नेछ।
त्यसअनुसार, कात्तिक २४ गतेसम्म कारोबार भइ कायम शेयरधनीहरूले साधारण सभामा सहभागिता जनाउन र लाभांश प्राप्त गर्न सक्नेछन्।














No comments yet.