आशा लघुवित्तको १०% लाभांश घोषणा
- Nov 16, 2025
- 105
आशा लघुवित्त वित्तीय संस्था लिमिटेड (ALBSL) ले गत आर्थिक वर्षको नाफाबाट लाभांश वितरण गर्ने निर्णय गरेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको ९.५ प्रतिशत बोनस शेयर र सो बोनसमा लाग्ने कर तिर्न ०.५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ।
कात्तिक २८ गते बसेको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरणको निर्णय गरेको हो।
उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरूले प्राप्त गर्नेछन्।














No comments yet.