Sarbaguna
Post Image

एनआइसी एसिया बैंकको ऋणपत्र बिक्री खुला

काठमाडौं : एनआइसी एसिया बैंकले आज चैत २५ गते, सोमबारदेखि आफ्नो ऋणपत्र बिक्री खुला गरेको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरले कुल ५० लाख इकाई ऋणपत्र निष्कासन गरेको हो ।

यसमा ४० प्रतिशत अर्थात २० लाख इकाई सर्वसाधारणका लागि छुट्याइएको छ भने बाँकी ६० प्रतिशत अर्थात ३० लाख इकाई प्राइभेट प्लेसमेन्टमार्फत बिक्री गरिनेछ । सर्वसाधारणका लागि छुट्याइएका इकाईमध्ये ५ प्रतिशत, अर्थात १ लाख इकाई म्युचुअल फन्डहरूलाई छुट्याइएको बैंकले जनाएको छ ।

बैंकले यो ऋणपत्र ‘७% एनआइसी एसिया डिबेन्चर २०९१’ शीर्षकमा १० वर्षे अवधिका लागि जारी कारी गराएको छ । बैंकले १० वर्ष अवधि भएको ‘७% एआइसी एसिया डिबेन्चर २०९१’ निष्काशन गरेको हो

यस ऋणपत्रमा बैंकले वार्षिक ७ प्रतिशत ब्याजदर प्रदान गर्ने जनाएको छ । लगानीकर्ताले न्यूनतम २५ इकाईदेखि अधिकतम २५ लाख इकाईसम्म आवेदन दिन सक्नेछन् । आवेदन दिने अन्तिम म्याद चैत २८ गतेसम्म तोकिएको छ । यदि तोकिएको अवधिसम्म सबै इकाई बिक्री नभएमा आवेदन अवधि वैशाख ८ गतेसम्म लम्बिनेछ ।

आवेदन दिन चाहने लगानीकर्ताले आफ्नो आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू, शाखा कार्यालयहरू वा मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् । यस ऋणपत्रको बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

क्रेडिट रेटिङ एजेन्सी इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले एनआइसी एसिया बैंकलाई समयमै वित्तीय दायित्व पूरा गर्ने क्षमताका आधारमा मध्यम सुरक्षा जनाउने ‘IRN Issuer Rating Triple B Plus’ (BBB+) प्रदान गरेको छ ।

Leave a Comments

Comments

    No comments yet.

Follow Us