
एनएमबि बैंकको नाफामा बढोत्तरी, प्रमुख सूचक कस्ता छन् ?
- Apr 20, 2025
- 8
काठमाडौं: चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म एनएमबि बैंकले २ अर्ब ३७ करोड रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको २ अर्ब २४ करोड रुपैयाँको तुलनामा ५.८८ प्रतिशतले वृद्धि भएको हो।
ब्याज आम्दानी र सञ्चालन आम्दानीमा आएको वृद्धिले नाफा बढाउन मद्दत गरेको देखिन्छ। बैंकको खुद ब्याज आम्दानी १९.१६ प्रतिशतले बढेर सञ्चालन आम्दानी १०.६६ प्रतिशतले उकालो लागेको छ। सो अवधिमा बैंकको वितरणयोग्य नाफा १ अर्ब ३१ करोड रुपैयाँ रहेको छ।
तर, खराब कर्जामा भने वृद्धि देखिएको छ। अघिल्लो वर्ष २.८६ प्रतिशत रहेको खराब कर्जा बढेर ४.४७ प्रतिशतमा पुगेको छ। हाल बैंकको चुक्ता पुँजी १८ अर्ब ३६ करोड ६७ लाख रुपैयाँ छ भने जगेडा कोषमा ११ अर्ब ८९ करोड रुपैयाँ सञ्चित छ।
नाफासँगै प्रतिसेयर आम्दानी (EPS) पनि सामान्यरूपमा बढेको छ। समीक्षाअवधिमा EPS ९६ पैसाले बढेर १७ रुपैयाँ २३ पैसामा पुगेको छ। बैंकको प्रतिसेयर नेटवर्थ भने १७१ रुपैयाँ ८८ पैसामा कायम छ।
No comments yet.