Sarbaguna
Post Image

एनएमबि बैंकको १ लाख २२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं: एनएमबि बैंकले संस्थापक सेयरधनीको नाममा रहेको १ लाख २२ हजार १२ कित्ता संस्थापक सेयर बिक्रीका लागि खुला गरेको छ। यसमा बैंकका हालका अन्य संस्थापक सेयरधनीहरूले आवेदन दिन सक्नेछन्।

सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरूले आज (चैत ८ गते) देखि ३५ दिनभित्र बैंकको सचिवालय कार्यालय, बबरमहल, काठमाडौंमा आवेदन दिनुपर्नेछ। तोकिएको समयसीमाभित्र विद्यमान संस्थापक सेयरधनीहरूले सेयर खरिद नगरेमा, बैंकले अन्य व्यक्ति वा संस्थालाई बिक्री गर्ने जनाएको छ।

Leave a Comments

Comments

    No comments yet.

Follow Us