
एनएलजी इन्सुरेन्सको नाफा १४.९० प्रतिशतले कमी भयो।
- Feb 12, 2025
- 57
काठमाडौं : चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा एनएलजी इन्सुरेन्सको नाफामा गिरावट आएको छ। यस अवधिमा कम्पनीको खुद नाफा १४.९० प्रतिशतले घटेर ७ करोड ४५ लाख रुपैयाँमा सीमित भएको छ, जबकि गत वर्ष सोही अवधिमा ८ करोड ७५ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।
त्यसैगरी, कम्पनीको लगानी तथा कर्जाबाट प्राप्त आम्दानी १७.२२ प्रतिशतले घटेर ९ करोड ८० लाख रुपैयाँमा सीमित भएको छ। यद्यपि, खुद बिमा शुल्क भने ४१.४५ प्रतिशतले वृद्धि भई ४४ करोड ३५ लाख रुपैयाँ पुगेको छ।
पुस मसान्तसम्म कम्पनीको चुक्ता पुँजी १ अर्ब ५३ करोड रुपैयाँ रहेको छ, भने रिटेन्ड अर्निङ ८ करोड २१ लाख रुपैयाँ कायम भएको छ। त्यस्तै, प्रतिसेयर आम्दानी (EPS) २ रुपैयाँ ४२ पैसाले घटेर ९ रुपैयाँ ५८ पैसा पुगेको छ। कम्पनीको प्रतिसेयर नेटवर्थ २०४ रुपैयाँ ८३ पैसा रहेको छ।
No comments yet.