
ओम मेगाश्री फर्मास्यूटिकल्सले आजदेखि सर्वसाधारणका लागि आईपीओ खुला
- Mar 11, 2025
- 16
काठमाडौं – ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडले आज फागुन २७ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको छ। कम्पनीले आफ्नो ६० करोड रुपैयाँ जारी पुँजीको ३० प्रतिशत अर्थात् १८ लाख कित्ता शेयर निष्काशन गर्न लागेको हो।
यसअघि, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको १ लाख ८० हजार कित्ता शेयर, कर्मचारीका लागि ५४ हजार कित्ता र सामूहिक लगानी कोषहरूका लागि ९० हजार कित्ता शेयरको बाँडफाँट गरिसकिएको छ।
अब दोस्रो चरणमा सर्वसाधारणका लागि १४ लाख ७६ हजार कित्ता शेयर खुला गरिएको हो। लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्ता शेयरका लागि चैत ३ गतेसम्म आवेदन दिन सक्नेछन्।
आईपीओ बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ भने आवेदन ‘मेरो शेयर’ अनलाइन प्रणाली र आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाबाट दिन सकिनेछ।
No comments yet.