
कामना सेवा विकास बैंकको २ लाख ६० हजार कित्ता संस्थापक सेयर बिक्रीमा
- Apr 27, 2025
- 16
काठमाडौं: कामना सेवा विकास बैंकले २ लाख ६० हजार कित्ता संस्थापक सेयर बिक्रीका लागि खुला गरेको छ। यस सेयर खरिदमा बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्र आवेदन दिन सक्नेछन्।
सेयर खरिद गर्न चाहने संस्थापक सेयरधनीहरुले आज (वैशाख १४ गते) बाट ३५ दिनभित्र आवश्यक कागजातसहित बैंकको केन्द्रीय कार्यालय, ज्ञानेश्वर काठमाडौंमा निवेदन दिनुपर्नेछ।
बैंकले जानकारी दिएको अनुसार, आवेदकले आफूले कति कित्ता सेयर खरिद गर्न चाहेको हो भन्ने स्पष्ट उल्लेख गर्दै आवेदन दिनुपर्नेछ। यदि तोकिएको समयमा विद्यमान संस्थापक सेयरधनीबाट सेयर खरिदको लागि निवेदन नआएमा, बैंकले प्रचलित कानुनअनुसार अन्य इच्छुक लगानीकर्तालाई ती सेयर बिक्री गर्ने जनाएको छ ।
No comments yet.