
कामना सेवा विकास बैंकले अग्राधिकार सेयर जारी गर्न लागेको छ, जसको बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटललाई नियुक्त गरिएको छ।
- Jan 27, 2025
- 32
काठमाडौं: कामना सेवा विकास बैंकले अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने भएको छ। बैंकले प्रति सेयर १ सय रुपैयाँ अंकित मूल्यमा ३५ लाख कित्ता, अर्थात् ३५ करोड रुपैयाँ बराबरको सेयर जारी गर्न लागेको हो। यस सेयरको वार्षिक लाभांश दर ९ प्रतिशत निर्धारण गरिएको छ।
सेयर निष्कासनको प्रक्रिया सहज बनाउन बैंकले एनआइएमबि एस क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा नियुक्त गरेको छ। यस सम्बन्धी सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकाली र एनआइएमबि एस क्यापिटलका महाप्रबन्धक सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गरेका छन्। बैंकले पूरक पुँजी वृद्धि गर्ने उद्देश्यले यो असञ्चिति अग्राधिकार सेयर जारी गर्न लागेको जानकारी दिएको छ।
No comments yet.