कालिका लघुवित्तको पहिलो त्रैमासमा नाफा वृद्धि
- Nov 6, 2025
- 117
कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड (KMCDB) ले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य रूपमा वृद्धि भएको छ।
समीक्षा अवधिमा लघुवित्तले २ करोड ३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन गत वर्षको सोही अवधिको १ करोड ७० लाख रुपैयाँ भन्दा १९.६३ प्रतिशत बढी हो।
खुद ब्याज आम्दानीमा वृद्धि भएसँगै कम्पनीको नाफा बढ्न पुगेको हो। समीक्षा अवधिमा खुद ब्याज आम्दानी ३१.२३ प्रतिशत, कुल सञ्चालन आम्दानी २५.४८ प्रतिशत, र सञ्चालन मुनाफा १९.४५ प्रतिशतले वृद्धि भएको छ।
असोज मसान्तसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा ९६ लाख रुपैयाँ र वितरणयोग्य प्रतिशेयर आम्दानी (DPS) रु ९.४२ रहेको छ। यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी (EPS) रु १९.९६ पुगेको छ, जुन गत वर्षको तुलनामा १.६९ रुपैयाँले बढेको हो।
लघुवित्तको प्रतिशेयर नेटवर्थ रु १९१.५१ र मूल्य–आम्दानी अनुपात (P/E Ratio) ५०.८५ गुणा रहेको छ।
४० करोड ७६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कालिका लघुवित्तले पहिलो त्रैमासको अन्त्यसम्ममा ४ अर्ब २६ करोड १७ लाख रुपैयाँ निक्षेप संकलन गरी ४ अर्ब ८८ करोड १९ लाख रुपैयाँ कर्जा लगानी गरेको जनाएको छ।












No comments yet.