Sarbaguna
Post Image

कोरम नपुगेर स्थगित भएको दिव्यश्वरी हाइड्रोपावरको एजीएम अब असार ९ मा बस्ने

काठमाडौं : यसअघि स्थगित भएको दिव्यश्वरी हाइड्रोपावरको वार्षिक साधारण सभा अब असार ९ गते हुने भएको छ । सभा काठमाडौंको मैतीदेवीस्थित सेतोपुलमा रहेको अन्नपूर्ण पार्टी भेन्यूमा दिउँसो १ बजेबाट सुरु हुने छ ।

सभामा १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पेश गरिनेछ । साथै, अन्य कम्पनीसँग गाभ्ने, गाभिने वा प्राप्ति सम्बन्धी प्रक्रिया अगाडि बढाउने र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने अधिकार सञ्चालक समितिलाई दिने प्रस्ताव पनि एजेन्डामा रहेको छ ।

सभामा आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरूमाथि छलफल गरी पारित गर्ने प्रस्ताव समेत रहनेछ । साथै, आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पनि रहेको छ ।

कम्पनीले सभा गर्न जेठ ८ गते बुक क्लोज गरिसकेको छ, जसअनुसार जेठ ७ गतेसम्म कायम रहेका सेयरधनीहरू मात्र सभामा सहभागी हुन योग्य हुनेछन् । यसअघि जेठ २२ गते बोलाइएको सभा आवश्यक कोरम नपुगेपछि स्थगित गरिएको थियो ।

Leave a Comments

Comments

    No comments yet.