खानी खोला हाइड्रोपावरले ४.५५ लाख अवितरित हकप्रद शेयर लिलामीमा ल्याउने
- Oct 28, 2025
- 113
खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारण समूहको ४ लाख ५५ हजार ३४५ कित्ता अवितरित हकप्रद शेयर लिलाम (बढाबढ) प्रणालीमार्फत बिक्री गर्ने भएको छ। कम्पनीले यसबारेको सूचना सार्वजनिक गर्दै इच्छुक व्यक्ति, कम्पनी, संघ वा संस्थालाई गोप्य शिलबन्दी बोलपत्रमार्फत आवेदन दिन आह्वान गरेको हो।
कम्पनीले हकप्रद शेयर बिक्री खुला गर्दा उक्त सेयरहरूमा आवेदन नपरेपछि, धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका, २०७४ को निर्देशन नं. १५ अनुसार लिलाम बिक्री गर्ने निर्णय गरेको जनाएको छ।
लिलाम शेयर खरिदका लागि इच्छुक पक्षहरूले कात्तिक १९ गते (बुधबार) अपरान्ह ३ बजेभित्र बोलपत्र पेश गर्नुपर्नेछ। बोलपत्र फाराम तथा आवेदन बुझाउने स्थानका रूपमा कम्पनीले दुई संकलन केन्द्र निर्धारण गरेको छ —
-
सिटिजन्स क्यापिटल लिमिटेड, डिल्लीबजार, काठमाडौं
-
सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडका शाखा कार्यालयहरू — कुमारीपाटी, ठिमी, इटहरी, विराटनगर, विर्तामोड, वीरगञ्ज, सुर्खेत, जनकपुर (भानुचोक), नेपालगञ्ज, नारायणगढ, धनगढी, पोखरा (न्यूरोड), बुटवल (पाल्पा रोड) र हेटौडा।
बोलपत्रको न्यूनतम मूल्य प्रति कित्ता रु. १०० तोकिएको छ। आवेदन अवधि कात्तिक १२ गतेदेखि १९ गतेसम्म खुला रहनेछ।
यस सम्बन्धी विस्तृत विवरणका लागि लगानीकर्तालाई कात्तिक २८ गते नागरिक र नयाँ पत्रिका दैनिकमा प्रकाशित सूचना हेर्न अनुरोध गरिएको छ। बोलपत्र संकलन अवधि समाप्त भएपछि, बोलपत्र खोल्ने मिति र स्थान राष्ट्रिय पत्रिकामार्फत सार्वजनिक गरिने कम्पनीले जनाएको छ।













No comments yet.