Sarbaguna
Post Image

गार्डियन माइक्रो लाइफको नाफा ३८ सय प्रतिशतले बढ्यो, अधिकांश वित्तीय सूचकमा वृद्धि

काठमाडौं : गार्डियन माइक्रो लाइफ इन्सुरेन्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म २ करोड ७४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३८१२ प्रतिशतले बढी हो। गत वर्ष यस अवधिमा कम्पनीले मात्र ७ लाख १ हजार रुपैयाँ नाफा कमाएको थियो।

कम्पनीको बीमा शुल्क संकलन १ करोड ७८ लाख रुपैयाँबाट बढेर १९ करोड ४८ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, कर्जा तथा लगानीबाट हुने आम्दानी पनि वृद्धि भई ३ करोड ९९ लाख रुपैयाँ पुगेको छ। आम्दानीमा भएको यो सुधारले कम्पनीको नाफामा उल्लेखनीय वृद्धि गराएको हो।

हाल गार्डियन माइक्रो लाइफको चुक्ता पुँजी ७५ करोड रुपैयाँ रहेको छ भने रिटेन्ड अर्निङ १ करोड ९० लाख रुपैयाँमा पुगेको छ। कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी (EPS) ४.८८ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ १०२.९३ रुपैयाँ कायम भएको छ।

Tags

Leave a Comments

Comments

    No comments yet.