गुराँस लघुवित्तको पहिलो त्रैमासमा नाफा
- Nov 5, 2025
- 110
गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड (GLBSL) ले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको नाफा गत वर्षको सोही अवधिको तुलनामा उल्लेखनीय रूपमा वृद्धि भएको छ।
समीक्षा अवधिमा लघुवित्तले १ करोड ४४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन गत वर्षको सोही अवधिको १ करोड १ लाख रुपैयाँ को तुलनामा ४२.५७ प्रतिशतले बढी हो।
कम्पनीको खुद ब्याज आम्दानी ३६.७३ प्रतिशत र फी तथा कमिशन आम्दानी १७६.९२ प्रतिशत ले बढेको छ। त्यस्तै, कुल सञ्चालन आम्दानीमा १६.०२ प्रतिशत र सञ्चालन मुनाफामा ३९.५४ प्रतिशत वृद्धि भएको छ।
समीक्षा अवधिमा लघुवित्तको ९ लाख ९२ हजार रुपैयाँ इम्पेरमेन्ट चार्ज रिभर्स भएको छ, जसले नाफा बढ्न सहयोग पुर्याएको छ। असोज मसान्तसम्ममा कम्पनीसँग ६४ लाख रुपैयाँ वितरणयोग्य मुनाफा रहेको र प्रतिशेयर आम्दानी (EPS) रु २२ रुपैयाँ १७ पैसा कायम भएको छ।













No comments yet.