Sarbaguna

ग्लोबल आइएमई बैंकको पहिलो त्रैमासमा नाफा वृद्धि

ग्लोबल आइएमई बैंक लिमिटेड (GBIME) ले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा र प्रतिशेयर आम्दानी (EPS) दुबै गत वर्षको सोही अवधिको तुलनामा वृद्धि भएका छन्।

समीक्षा अवधिमा बैंकले १ अर्ब ८५ करोड ५८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन गत वर्षको सोही अवधिको १ अर्ब ५१ करोड २१ लाख रुपैयाँ भन्दा २२.९२ प्रतिशत बढी हो।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढ्नु बैंकको नाफा वृद्धिको प्रमुख कारण बनेको हो। समीक्षा अवधिमा खुद ब्याज आम्दानी ०.३४ प्रतिशत, फी तथा कमिशन आम्दानी २.६२ प्रतिशत, कुल सञ्चालन आम्दानी ५.३६ प्रतिशत, र सञ्चालन मुनाफा १०.४४ प्रतिशतले वृद्धि भएको छ।

असोज मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ४ अर्ब ८४ करोड ९५ लाख रुपैयाँ र वितरणयोग्य प्रतिशेयर आम्दानी (DPS) रु २२.९५ कायम भएको छ।

त्यस्तै, बैंकको प्रतिशेयर आम्दानी (EPS) पनि २ रुपैयाँ ७७ पैसा बढेर रु १९.५१ पुगेको छ। सो अवधिसम्ममा प्रतिशेयर नेटवर्थ रु १७९.५० र मूल्य–आम्दानी अनुपात (P/E Ratio) १२.१० गुणा रहेको छ।

३८ अर्ब ११ करोड रुपैयाँ चुक्ता पूँजी रहेको ग्लोबल आइएमई बैंकको जगेडा कोषमा ३० अर्ब ३० करोड रुपैयाँ सञ्चित छ। बैंकले असोज मसान्तसम्ममा ५ खर्ब ८२ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ४ खर्ब २१ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको जनाएको छ।

Tags

Leave a Comments

Comments

    No comments yet.