Sarbaguna

चालु पुँजी कर्जा भुक्तानीको समय २ वर्ष थप

नेपाल राष्ट्र बैंकले चालु पुँजी कर्जा सम्बन्धी मार्गदर्शनमा संशोधन गर्दै सीमाभन्दा बढी लिएको कर्जा भुक्तानीको समय दुई वर्ष थप गरेको छ। अब सो कर्जा २०८४ असार मसान्तसम्म तिर्न सकिनेछ।

यसअघि २०८२ असार मसान्तसम्मको समय सीमा तोकिएकोमा गभर्नर डा. विश्व पौडेलको नेतृत्वमा राष्ट्र बैंकले संशोधन गर्दै थप सहजता प्रदान गरेको हो। अब बाँकी रकम समान अवधि कायम गर्दै सो अवधिसम्म किस्ताबन्दीमा तिर्न सकिनेछ।

यस्तै, २०८२ साउन १ गतेबाट लागू हुने भनिएको भेरियन्ससम्बन्धी व्यवस्था अब एक वर्षपछि मात्र लागू हुनेछ।

राष्ट्र बैंकले निर्देशित कर्जा लगानीको समयसीमा पनि लम्ब्याएको छ। कृषि क्षेत्रमा लगानी २०८३ असार मसान्तसम्म, जबकि एसएमई, ऊर्जा तथा पर्यटन क्षेत्रको कर्जा लगानी २०८५ असार मसान्तसम्म पुर्याए पुग्ने व्यवस्था गरिएको छ।

यस संशोधनबाट वित्तीय संस्थाहरूलाई कर्जा व्यवस्थापनमा थप लचिलोपन प्रदान हुने विश्लेषण गरिएको छ।

Tags

Leave a Comments

Comments

    No comments yet.