छापावाल सुन सस्तो, चाँदीमा नयाँ रेकर्ड
- Jun 10, 2025
- 225
नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ६०० रुपैयाँ घटेर छापावाल सुन १,९०,००० रुपैयाँमा झरेको छ । यसअघि सोमबार प्रतितोला १,९०,६०० रुपैयाँ थियो ।
उता, चाँदीको मूल्य भने १५ रुपैयाँ बढ्दै इतिहासमै उच्च स्तरमा पुगेको छ । प्रतितोला २,१६५ रुपैयाँमा कारोबार भइरहेको चाँदीले जेठ २३ गतेको पुरानो कीर्तिमान (२,१५० रुपैयाँ) तोडेको हो । सोमबार चाँदी २,१५० रुपैयाँमा किनबेच भएको थियो ।














No comments yet.