जगदुल्ला हाइड्रोपावर अनियमितता प्रकरणमा लेखा समितिको निर्देशन
- Jul 23, 2025
- 155
जगदुल्ला हाइड्रोपावरमा भएको भनिएको अनियमिततासम्बन्धी प्रकरणमा प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले प्रचलित कानूनअनुसार आवश्यक प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ।
आज समितिमा भएको छलफलपछि सभापति ऋषिकेश पोखरेलले सम्बन्धित निकायलाई छानबिन तथा जवाफदेही बनाउन निर्देशन दिने निर्णय सुनाएका हुन्। उनले यो विषय पहिल्यै सर्वोच्च अदालतमा विचाराधीन रहेकाले प्रत्यक्ष छलफल नगर्नुपर्ने अवस्था आएको स्पष्ट पारे। “हामीले निकाल्ने निष्कर्षले परिणाम नदिने अवस्था रहेकाले कानूनअनुसार मात्र प्रक्रिया अघि बढाउने निर्णय गरेका हौं,” पोखरेलले भने।
तर उक्त निर्णयप्रति सांसद अमनलाल मोदीले असहमति जनाउँदै ‘नोट अफ डिसेन्ट’ राखेका छन्। उनले अनियमितता गम्भीर विषय भएकाले गहिरो छानबिन आवश्यक रहेको तर्क गरेका छन्। “यस्ता अनियमिततामा यति हल्का निर्णय गरिन्छ भने मेरो सहमति छैन,” सांसद मोदीले बैठकमा स्पष्ट रूपमा बताएका थिए।
यसबीच सभापति पोखरेलले अदालतमा विचाराधीन विषयमा समिति संयमित हुनुपर्ने अवस्था आएको बताएका छन् र भविष्यमा यस्ता विषय छलफल गर्दा बढी सजगता अपनाइने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।












No comments yet.