जेन-जी आन्दोलनपछिको चार दलका युवा नेताहरूको साझा बैठक
- Sep 11, 2025
- 215
२६ भदौ, काठमाडौं । जेन-जी आन्दोलनपछिको परिस्थितिबारे चार प्रमुख दलका युवा नेताहरू संयुक्त भर्चुअल छलफलमा जुटेका छन्।
नेपाली कांग्रेसबाट गगन थापा, विश्वप्रकाश शर्मा र चन्द्र भण्डारी, एमालेबाट योगेश भट्टराई, ठाकुर गैरे र विद्या भट्टराई, माओवादीबाट माधव सापकोटा, राजन दाहाल र अमनलाल मोदी तथा रास्वपाबाट सोबिता गौतम र शिशिर खनाल सहभागी भएका छन्।
छलफलले तीन निष्कर्ष निकालेका छन्–
१) दलहरूले आत्मसमीक्षा गर्नुपर्छ,
२) जेन-जीका माग सम्बोधन गर्नुपर्छ,
३) नेपाललाई पश्चगमनतर्फ लैजान खोजे प्रतिवाद गर्नुपर्छ।
नेताहरूले सुशासन र भ्रष्टाचारविरुद्धको जेन-जीको मागलाई समर्थन गर्दै आवश्यक नीति तथा निर्णय गर्नुपर्नेमा सहमति जनाएका छन्। तर नयाँ सरकार गठनको विषयमा भने उनीहरू एउटै धारमा पुग्न सकेका छैनन्।














No comments yet.