जोशी हाइड्रोपावरको शेयरमूल्य समायोजन
- Jun 20, 2025
- 229
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा जोशी हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेड (JOSHI) को शेयरमूल्य समायोजन गरिएको छ। कम्पनीको हकप्रद शेयर निष्काशनको प्रक्रियाअन्तर्गत बुक क्लोज अघिको अन्तिम कारोबार सम्पन्न भएपछि नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।
नेप्सेले कम्पनीको ६५ प्रतिशत हकप्रद शेयर समायोजन गर्दै समायोजनपश्चात प्रति शेयर मूल्य ३१६ रुपैयाँ ९८ पैसा कायम गरेको छ। यो मूल्य अघिल्लो कारोबार दिनको अन्तिम मूल्य ४५८ रुपैयाँ २ पैसा आधार मानेर समायोजन गरिएको हो।
जोशी हाइड्रोपावरले हाल कायम चुक्ता पूँजीको ६५ प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो। यसअनुसार कम्पनीले १० कित्ता बराबर ६.५ कित्ताको अनुपातमा हकप्रद शेयर जारी गर्नेछ। कम्पनीले कुल २४ लाख १४ हजार १०० कित्ता हकप्रद शेयर प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा निष्काशन गर्दैछ, जसको कुल मूल्य २४ करोड १४ लाख १० हजार रुपैयाँ हुनेछ।
हाल कम्पनीको चुक्ता पूँजी ३७ करोड १४ लाख रुपैयाँ रहेको छ। हकप्रद शेयर निष्काशनपछि पूँजीमा उल्लेखनीय वृद्धि हुने अपेक्षा गरिएको छ।














No comments yet.