Sarbaguna
Post Image

ट्रष्ट माइक्रो इन्सुरेन्सले आइपीओ प्रस्तावसहित बोलायो साधारण सभा

काठमाडौं: ट्रष्ट माइक्रो इन्सुरेन्स लिमिटेडले प्रारम्भिक सार्वजनिक निष्कासन (IPO) प्रस्तावसहित आगामी जेठ १ गते वार्षिक साधारण सभा आह्वान गरेको छ। सभा महाराजा रिसोर्ट प्रालि, रुपन्देहीमा बिहान ९:१५ बजे सुरु हुनेछ।

सभामा कम्पनीले आइपीओ निष्कासनसम्बन्धी प्रस्ताव पेश गर्नेछ। साथै, आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा–नोक्सान विवरण लगायतका वित्तीय प्रतिवेदनहरूमाथि छलफल हुनेछ।

यसैगरी, आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि सभामा पेस गरिनेछ। सभाका लागि कम्पनीले वैशाख २५ गते बुक क्लोज गर्ने जनाएको छ, जसअनुसार त्यसअघिसम्म कायम सेयरधनीहरू मात्र सभामा सहभागी हुन र प्रस्ताव पारित गर्न सक्नेछन्।

Leave a Comments

Comments

    No comments yet.

Follow Us