
ट्रेड टावरले वैशाख ८ गतेदेखि आइपीओ निष्कासन गर्ने
- Apr 13, 2025
- 8
काठमाडौं: ट्रेड टावर लिमिटेडले आउँदो २०८२ वैशाख ८ गतेदेखि आइपीओ निष्कासन गर्ने भएको छ। पहिलो चरणमा कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपीओ जारी गर्न लागेको हो।
कम्पनीले ८१ करोड ५६ लाख ९ हजार ७ सय रुपैयाँ बराबरको जारी पुँजीमध्ये ४८.६९६ प्रतिशतका दरले ३९ करोड ७१ लाख ६९ हजार ३ सय रुपैयाँ बराबरको सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरिसकेको छ।
यसअनुसार, ट्रेड टावरले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यका ३९ लाख ७१ हजार ६९३ कित्ता सेयर जारी गर्नेछ। सोमध्ये पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि ३ करोड ९७ लाख १६ हजार ९३० रुपैयाँ बराबरका ३ लाख ९७ हजार १६९.३० कित्ता सेयर सार्वजनिक गरिनेछ।
No comments yet.