ट्रेड टावर लिमिटेड (TTL) को शेयर नेप्सेमा सूचीकृत, भोलिदेखि कारोबार खुला
- Jul 15, 2025
- 165
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ट्रेड टावर लिमिटेड (TTL) को शेयर सूचीकृत भएको छ। असार ३१ गते कम्पनीको जम्मा ८१ लाख ५६ हजार ९७ कित्ता शेयर नेप्सेमा सूचीकृत गरिएको हो।
सूचीकृत शेयरमध्ये कम्पनीले सर्वसाधारणमा निष्काशन गरी वितरण गरेको ३९ लाख ७१ हजार ६९३ कित्ता र संस्थापक शेयरधनीको तर्फबाट ४२ लाख ८४ हजार ४०४ कित्ता शेयर रहेका छन्। यी सबै शेयरहरू धितोपत्र सूचीकरण विनियमावली, २०७५ अनुसार नेप्सेमा सूचीकृत गरिएको हो।
कम्पनीको शेयर असार ३२ गते विशेष प्रि-ओपन सेसनमा कारोबार सुरु भई त्यसपछि नियमित दोस्रो बजारमा कारोबार हुनेछ। नेप्सेले TTL को पहिलो कारोबारका लागि १२३ रुपैयाँ ९ पैसादेखि ३६९ रुपैयाँ २७ पैसासम्मको ओपनिङ्ग रेञ्ज तोकेको छ। कम्पनीको शेयर TTL टिकरमा कारोबार हुनेछ।













No comments yet.