Sarbaguna
Post Image

डलरको भाउ स्थिर, यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं : सोमबार अमेरिकी डलरको भाउ स्थिर रहेको देखिएको छ । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विनिमयदरअनुसार सोमबार एक डलरको बिक्रीदर १३७.०३ रुपैयाँ कायम गरिएको छ, जुन आइतबारको दरसँग समान हो । यद्यपि, बिहीबार एक डलरको खरिददर १३६.४३ रुपैयाँ थियो ।

त्यस्तै, युरोको विनिमयदर पनि स्थिर देखिएको छ । युरो एकको बिक्रीदर १५५ रुपैयाँ ७३ पैसा र खरिददर १५५ रुपैयाँ ०५ पैसा कायम गरिएको छ ।

युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८१.६६ रुपैयाँ र बिक्रीदर १८२.४६ रुपैयाँ रहेको छ । स्वीस फ्र्यांकको खरिददर १६४.८० रुपैयाँ र बिक्रीदर १६५.५३ रुपैयाँ रहेको छ ।

अष्ट्रेलियन डलरको खरिददर ८७.२६ रुपैयाँ र बिक्रीदर ८७.६४ रुपैयाँ कायम गरिएको छ भने क्यानेडियन डलरको खरिददर ९८.४६ रुपैयाँ र बिक्रीदर ९८.८९ रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ ।

Leave a Comments

Comments

    No comments yet.