Sarbaguna

डिप्रोक्स लघुवित्तले १५% लाभांश घोषणा, १०% बोनस र ५% नगद

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड (DDBL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई कुल १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। प्रस्तावित लाभांशमध्ये १० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसहित) समावेश छन्।

मंसिर २५ गते बसेको सञ्चालक समितिको बैठकले वर्तमान चुक्ता पूँजीका आधारमा सो लाभांश वितरण गर्ने निर्णय गरेको हो।

उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरूलाई वितरण गरिनेछ।

Tags

Leave a Comments

Comments

    No comments yet.