Sarbaguna

तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

आज ग्लोबल आइएमई बैंक (GBIME), गुराँस लघुवित्त वित्तीय संस्था (GLBSL) र मुक्तिनाथ कृषि कम्पनी (MKCL) को लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ गुराँस लघुवित्त र मुक्तिनाथ कृषि कम्पनीले कात्तिक १४ गते, र ग्लोबल आइएमई बैंकले कात्तिक १६ गते बुकक्लोज गर्दैछन्। त्यस अनुसार, आजसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरूले यी कम्पनीहरूको साधारण सभामा सहभागिता जनाउन र वितरण हुने लाभांश प्राप्त गर्न सक्नेछन्।

🔹 गुराँस लघुवित्त (GLBSL)
कात्तिक २३ गते, आइतबार, हिले कान्जिरोवा मकालु होटल, धनकुटामा बिहान ९ बजे दशौँ वार्षिक साधारण सभा बस्नेछ। सभाले १४.२५% बोनस शेयर र ०.७५% नगद लाभांश पारित गर्ने प्रस्ताव सहित अन्य निर्णयहरू गर्नेछ।

🔹 मुक्तिनाथ कृषि कम्पनी (MKCL)
कात्तिक २१ गते, शुक्रबार, गैरीधारा, काठमाडौँस्थित सिल्भर वक ब्यान्क्वेट एण्ड इभेन्ट्स सेन्टरमा दिउँसो ११:३० बजे सातौँ वार्षिक साधारण सभा बस्नेछ। कम्पनीले ८% बोनस शेयर र त्यसपछि ६०% हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्नेछ।

🔹 ग्लोबल आइएमई बैंक (GBIME)
कात्तिक २६ गते, बुधबार, नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौँमा बिहान १० बजे १९औँ वार्षिक साधारण सभा बस्नेछ। सभाले ८% नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

Tags

Leave a Comments

Comments

    No comments yet.