Sarbaguna

तेह्रथुम पावरको हकप्रद शेयरमा आवेदन अवधि साउन ११ सम्म

तेह्रथुम पावर कम्पनी लिमिटेड (TPC) ले असार १६ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको शतप्रतिशत हकप्रद शेयरमा आवेदन दिने अवधि साउन ११ गतेसम्मका लागि थप गरिएको छ।

कम्पनीले हाल कायम १ कित्ता शेयर बराबर १ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गरिरहेको छ। यसअनुसार प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ४० लाख कित्ता शेयर निष्काशन हुँदैछ, जसको कुल रकम ४० करोड रुपैयाँ बराबर हुनेछ।

हकप्रद निष्काशन प्रयोजनार्थ कम्पनीले जेठ ५ गते बुकक्लोज गरेको थियो। त्यसअनुसार, जेठ ४ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीहरुले आवेदन दिन सक्नेछन्।

इक्रा नेपालले कम्पनीलाई इक्रा एपी इस्यूअर रेटिङ डबल बी (BB) प्रदान गरेको छ, जसले समयमा वित्तीय दायित्व बहन गर्न सक्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ।

शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ। साथै, नबिल बैंकका छत्तर, म्याङलुङ, फेदाप–संक्रान्तिबजार शाखा तथा कुमारी बैंकको मेन्छियायम शाखाबाट पनि आवेदन दिन सकिनेछ। त्यस्तै, धितोपत्र बोर्डबाट स्वीकृत आस्बा सेवा प्रदान गर्ने बैंक तथा वित्तीय संस्थाबाट समेत आवेदन दिन सकिनेछ।

हाल कम्पनीको चुक्ता पूँजी ४० करोड रुपैयाँ रहेको छ, जुन हकप्रद निष्काशनपछि ८० करोड रुपैयाँमा पुग्नेछ। संकलन भएको रकममध्ये ४० करोड रुपैयाँ ऋण भुक्तानीमा खर्च गरिनेछ। माछापुच्छ्रे बैंकमा १६ करोड, नबिल बैंक र ग्लोबल आइएमई बैंकमा क्रमशः १२–१२ करोड रुपैयाँ भुक्तानी गरिनेछ। हाल कम्पनीको कुल ऋण ९२ करोड ६१ लाख रुपैयाँभन्दा बढी रहेको छ।

Share Training Near Me

Tags

Leave a Comments

Comments

    No comments yet.