दरमखोला हाइड्रोको आईपीओमा आवेदन दिन आज अन्तिम दिन
- Jul 7, 2025
- 263
दरमखोला हाइड्रो इनर्जी लिमिटेडले असार ९ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरेको आईपीओमा आवेदन दिन आज (असार २३ गते) अन्तिम दिन हो।
कम्पनीले जारी पूँजी १ अर्ब ३ करोड ५ लाख रुपैयाँमध्ये ३८.३३% अर्थात ३९ करोड ५० लाख रुपैयाँ बराबरको ३९ लाख ५० हजार कित्ता शेयर निष्काशन गरिरहेको छ।
यस अन्तर्गत,
-
स्थानीय बासिन्दाका लागि १० लाख ३० हजार ५ सय कित्ता
-
वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि २ लाख ९१ हजार ९५० कित्ता
-
कर्मचारीहरूका लागि ५८ हजार ३९० कित्ता
-
सामूहिक लगानी कोषका लागि १ लाख ४५ हजार ९७५ कित्ता शेयर सुरक्षित गरिएको छ।
स्थानीयबासीहरूले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्ने छन्। आवेदनका लागि ग्लोबल आइएमई बैंक (वामी), लक्ष्मी सनराइज बैंक (गाल्कोट), प्रभु बैंक (गाल्कोट) र दरम खोला पावरहाउसमा सुविधा उपलब्ध छ। फारम शुल्क २ रुपैयाँ रहेको छ।
इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले कम्पनीलाई 'आईआरएन डबल बी माइनस' रेटिङ प्रदान गरेको छ, जसले औषत जोखिम संकेत गर्दछ। कम्पनीले निर्माण गरिरहेको ९.६ मेगावाट क्षमताको दरम खोला जलविद्युत आयोजना २ अर्ब ३८ करोड लागतमा निर्माणाधीन छ, र यसको विद्युत अनुमतिपत्र अझै २८ वर्ष बाँकी रहेको छ।
आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ।












No comments yet.