Sarbaguna
Post Image

दिव्यश्वरी हाइड्रोपावरको नोक्सानी घट्यो, प्रतिसेयर नेटवर्थ साढे ४ रुपैयाँ

काठमाडौं : दिव्यश्वरी हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म १५ लाख ७२ हजार रुपैयाँ घाटा बेहोरेको छ। यद्यपि, अघिल्लो वर्षको सोही अवधिमा कम्पनीको घाटा ३ करोड ९ लाख रुपैयाँ रहेको थियो, जसको तुलनामा घाटा उल्लेखनीय रूपमा घटेको हो।

कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी ६ करोड ८ लाख रुपैयाँबाट बढेर ६ करोड ९६ लाख रुपैयाँ पुगेको छ। साथै, वित्तीय खर्च पनि घट्दै ५ करोड २९ लाखबाट ३ करोड ६३ लाख रुपैयाँमा झरेको छ। आम्दानीमा वृद्धि र खर्चमा कटौती हुँदा घाटा घटेको हो।

हाल कम्पनीको चुक्ता पुँजी २६ करोड ४० लाख रुपैयाँ रहेको छ भने जगेडा कोष २५ करोड २० लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ। यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी (EPS) ६० पैसा नोक्सानीमा छ भने प्रतिसेयर नेटवर्थ ४ रुपैयाँ ५३ पैसा रहेको छ।

Leave a Comments

Comments

    No comments yet.