
नबिल बैंकको नाफा बढेर ५ अर्ब नाघ्यो, इपीएस कति ?
- Apr 20, 2025
- 3
काठमाडौं : नबिल बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ५ अर्ब ५ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ८.२१ प्रतिशतले बढी हो। यद्यपि बैंकको खुद ब्याज आम्दानी ३.९६ प्रतिशतले घट्दै १२ अर्ब ५ करोड ४४ लाख रुपैयाँमा झरेको छ। तर, इम्पेयरमेन्ट चार्जमा आएको कमीका कारण नाफामा सुधार देखिएको हो।
बैंकको वितरणयोग्य नाफा ८५.७८ प्रतिशतले बढेर २ अर्ब ८७ करोड रुपैयाँ पुगेको छ। यद्यपि, खराब कर्जामा भने सामान्य वृद्धि देखिएको छ। नबिल बैंकको चुक्ता पुँजी २७ अर्ब ५ करोड ६९ लाख ९७ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा ३१ अर्ब ३१ करोड रुपैयाँ संचित भएको छ। खुद नाफामा वृद्धिसँगै बैंकको प्रति शेयर आम्दानी १.८१ रुपैयाँ घट्दै २५.०५ रुपैयाँमा झरेको छ।
No comments yet.