नारायणी डेभलपमेन्ट बैंकको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
- Oct 26, 2025
- 124
नारायणी डेभलपमेन्ट बैंक लिमिटेड (NABBC) ले असोज २ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको १०० प्रतिशत हकप्रद शेयरमा आवेदन दिने आज (कात्तिक ९ गते) अन्तिम दिन रहेको छ।
बैंकले हाल कायम १ कित्ता शेयरबराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गरेको हो। यस अन्तर्गत बैंकले रु. २६ करोड २४ लाख ६७ हजार ६०० बराबरको २६ लाख २४ हजार ६७६ कित्ता हकप्रद शेयर प्रतिकित्ता रु. १०० अंकित मूल्यमा बिक्री खुला गरेको छ।
बैंकको हकप्रद शेयर निष्काशन प्रयोजनका लागि भदौ ९ गते बुकक्लोज गरिएको थियो। यस अनुसार भदौ ८ गतेसम्म नेप्सेमा कारोबार भई नाम दर्ता भएका शेयरधनीहरूले मात्र आवेदन दिन सक्नेछन्।
इक्रा नेपालले बैंकलाई इक्राएनपी इस्यूअर रेटिङ C+ प्रदान गरेको छ, जसले बैंकको वित्तीय दायित्व पूरा गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।
हकप्रदको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले उक्त संस्थाका साथै ग्लोबल आइएमई बैंकका शाखा कार्यालयहरू र नारायणी डेभलपमेन्ट बैंकका यज्ञपुरी, टाँडी, पर्सा र नारायणगढ शाखाबाट आवेदन दिन सक्नेछन्। साथै, सि-आस्बा प्रणाली वा मेरो शेयर पोर्टल मार्फत अनलाइन आवेदन पनि गर्न सकिन्छ।
हकप्रद निष्काशनपछि बैंकको चुक्ता पूँजी ५२ करोड ४९ लाख ३५ हजार २०० रुपैयाँ पुग्नेछ। संकलित रकम बैंकले धितोपत्र, सरकारी ऋणपत्र, म्युचुअल फण्डमा लगानी तथा भौतिक पूर्वाधार र शाखा विस्तारमा प्रयोग गर्ने योजना रहेको छ।













No comments yet.