
नेपाल–बंगलादेश व्यापार : आयात ४ अर्ब ७५ करोड, निर्यात ३५ करोड
- Jun 4, 2025
- 7
झापा: आर्थिक वर्ष २०८१/८२ को वैशाख महिनासम्ममा काँकडभिट्टा नाका हुँदै बंगलादेशबाट ४ अर्ब ७५ करोड ८ लाख ६ हजार ८७१ रुपैयाँ बराबरको वस्तु आयात गरिएको छ। सोही अवधिमा नेपालले बंगलादेशतर्फ ३५ करोड ६२ लाख ९७ हजार ८२७ रुपैयाँ बराबरका सामग्री निर्यात गरेको छ।
नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड काँकडभिट्टा शाखाका प्रमुख सुवास पाण्डेयका अनुसार, बंगलादेशबाट सबैभन्दा धेरै एक अर्ब ७८ करोड ४२ लाख रुपैयाँ बराबरको अप्रशोधित जुट आयात भएको छ।
त्यसका अतिरिक्त आयात भएका अन्य वस्तुहरूमा ब्याट्री, पोल्ट्री फिड सप्लिमेन्ट, कस्मेटिक सामग्री, हाइड्रोजन प्याराअक्साइड, जुट यार्न, विद्युतीय उपकरण, औषधि, आलु, कागज, सिसा, खाद्य तथा पेय पदार्थहरू आदि रहेका छन्।
यस नाकाबाट नेपालबाट बंगलादेशतर्फ सबैभन्दा धेरै ३० करोड २७ लाख ७९ हजार रुपैयाँ बराबरको खुदो निर्यात गरिएको छ। साथै, जडीबुटी, जनावरको आहार, तथा अन्य घरायसी सामग्रीहरू पनि निर्यात भएका पाण्डेयले जानकारी दिए।
No comments yet.