नेप्से आज हरियो बन्दा बजारमा सकारात्मक संकेत, 2600 स्तरमा दोहोरो सुरक्षा
- Dec 9, 2025
- 86
Nepse ले गति कायम राख्दै नेप्से 2614.07 मा बन्द भयो, जुन अघिल्लो कारोबार दिनको तुलनामा 7.39 अंकले (0. 28 %) वृद्धि हो। समग्र कारोबार गतिविधि पनि मध्यम नै रह्यो– करीब रु. 3.75 अर्ब बराबरको कारोबार हुँदै 8.74 लाखभन्दा बढी कित्ता सेयर किनबेच भए।
आजको कारोबार सेसन हरियो क्यान्डलसँगै सकारात्मक रूपमा समाप्त गर्यो, जसले पछिल्ला केही दिनको Volatility पछि खरिद पक्ष पुनः सक्रिय हुँदै गएको स्पष्ट संकेत दियो। विशेष रूपमा, पछिल्ला दुई सेसनदेखि 2600 को प्रमुख समर्थन स्तरलाई बजारले मजबुत रूपमा जोगाइरहेको छ। सूचक प्रत्येकपटक उक्त सपोर्ट नजिक झर्दा खरीदकर्ताले आत्मविश्वाससहित प्रवेश गर्दै दबाबलाई सम्हालेका छन्, जसले बजारलाई गहिरो करेक्सनबाट जोगाइरहेको छ।
आजको Session ले पनि यही व्यवहार दोहोराइदियो। सेसनको मध्यभागमा सूचक फेरि 2600 नजिकै परीक्षण भए पनि, त्यसपछि बजारले क्रमशः गति पुनः प्राप्त गर्न थाल्यो। खरीद दबाब बलियो बन्दै गएसँगै सूचक Intraday High करिब 2620 सम्म उक्लियो।
समग्र मूल्य–व्यवहारले 2600 क्षेत्र छोटो अवधि लिएर बन्दै गएको ‘Demand Zone’ जस्तै देखिन्छ, जहाँ खरीदकर्ताहरू क्रमिक रूपमा संकलन गरिरहेको आँकलन गर्न सकिन्छ। तत्कालीन प्रतिरोध क्षेत्र माथिको स्पष्ट ब्रेकआउट अझै बाँकी भए पनि, प्रत्येक इन्ट्राडे लोबाट भइरहेको स्थिर रिकभरीले बजारको आन्तरिक बल र मनोबल सुधारिँदै गएको संकेत दिन्छ।












No comments yet.