Sarbaguna

पिपुल्स पावरको हकप्रद शेयर असार २२ देखि बिक्री खुला

पिपुल्स पावर लिमिटेड (PPL) ले आफ्नो हालको चुक्ता पूँजीको ५० प्रतिशत बराबरको हकप्रद शेयर असार २२ गतेदेखि निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले १०:५ को अनुपातमा अर्थात् हाल कायम १० कित्ता शेयर बराबर ५ कित्ता नयाँ हकप्रद शेयर निष्काशन गर्नेछ।

कम्पनीले कुल ३१ लाख ६३ हजार कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो, जसको अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँ रहेको छ। यस अनुसार कम्पनीले ३१ करोड ६३ लाख रुपैयाँ बराबरको पूँजी संकलन गर्ने लक्ष्य राखेको छ।

हकप्रद शेयर निष्काशन प्रयोजनार्थ कम्पनीले असार २ गते बुकक्लोज गरेको थियो। तसर्थ, असार १ गतेसम्म शेयरधनी रहेका लगानीकर्ताहरूले साउन ११ गतेभित्र आवेदन दिन सक्नेछन्।

कम्पनीले हकप्रद निष्काशनका लागि केयर रेटिङ नेपाल लिमिटेडबाट “CARE-NP BB (Is)” रेटिङ प्राप्त गरेको छ। उक्त रेटिङले कम्पनीको समयमै वित्तीय दायित्व पुरा गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ।

यस निष्काशनको विक्रि व्यवस्थापन प्रभु क्यापिटल लिमिटेडले गर्नेछ। इच्छुक लगानीकर्ताहरूले प्रभु बैंकका इलाम, जाउलाखेल (ललितपुर), वीरगञ्ज, पोखरा, बुटवल, सुर्खेत र धनगढी शाखाबाट साथै अन्य सि-आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थामार्फत वा मेरो शेयर पोर्टलमार्फत अनलाइन आवेदन दिन सक्नेछन्।

हाल पिपुल्स पावर लिमिटेडको चुक्ता पूँजी ६३ करोड २६ लाख रुपैयाँ रहेको छ। हकप्रद निष्काशनपछि कम्पनीको चुक्ता पूँजी ९४ करोड ८९ लाख रुपैयाँ पुग्नेछ।

हकप्रद निष्काशनबाट संकलित रकम पुवा–२ जलविद्युत आयोजनाको निर्माण तथा पूर्वमा लिएको ऋणको आंशिक भुक्तानी र कम्पनीद्वारा प्रवद्र्धित अन्य आयोजना विकासमा उपयोग गरिने जानकारी कम्पनीले दिएको छ।

Share training near me

Tags

Leave a Comments

Comments

    No comments yet.