Sarbaguna
Post Image

प्रभु सिस्टमेटिक इन्भेष्टमेन्ट स्कीममा आवेदन दिने समय लम्बियो

काठमाडौं : प्रभु सिस्टमेटिक इन्भेष्टमेन्ट स्कीममा आवेदन दिने म्याद लम्बिएको छ । अब यस स्कीममा असार ६ गतेसम्म इकाई खरिदका लागि आवेदन दिन सकिने भएको छ । यसअघि आवेदन दिने अन्तिम म्याद जेठ २७ गतेसम्म तोकिएको भए पनि अपेक्षित आवेदन नपरेकाले अवधि थपिएको प्रभु क्यापिटलले जानकारी दिएको छ ।

यो खुलामुखी म्युचुअल फन्ड योजना प्रभु क्यापिटलले जेठ २३ गतेदेखि सर्वसाधारणका लागि प्रतिइकाई १० रुपैयाँमा बिक्री खुला गरेको हो ।

कुल ४ करोड इकाईमध्ये ७.५ प्रतिशत अर्थात ३० लाख इकाई कोष प्रवद्र्धक प्रभु बैंकलाई तथा ३० लाख इकाई योजना व्यवस्थापक प्रभु क्यापिटललाई सुरक्षित गरिएको छ । बाँकी इकाईमध्ये पहिलो चरणमा २ करोड ५० लाख इकाई सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो ।

लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम ३१ लाख इकाईसम्म आवेदन दिन सक्नेछन् । आवेदन सी-आस्वा सदस्य बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयहरू, वा मेरोसेयरमार्फत दिन सकिनेछ ।

खुलामुखी योजना भएकाले इकाई बाँडफाँट भएपछि योजना व्यवस्थापक वा तिनले तोकेको वितरकमार्फत इकाई खरिदबिक्री गर्न सकिनेछ । इकाई बाँडफाँट भएको तीन महिनाभित्र वितरक तोकिने जानकारी प्रभु क्यापिटलले दिएको छ ।

Leave a Comments

Comments

    No comments yet.

Follow Us