
प्रि ओपन सेसन : नेप्से सूचक ३२.७० अंकले बढ्यो
- May 26, 2025
- 12
काठमाडौं : प्रि-ओपन सेसनमा नेप्से सूचक ३२.७० अंकले बढेर २७१२.६९ विन्दुमा पुगेको छ । यस अवधिमा ४ करोड १० लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १३६ कम्पनीका १ लाख १६ हजार ४३४ कित्ता सेयर किनबेच भएका छन् ।
कुल ७८९ कारोबार सम्पन्न भएका छन् । १२७ कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ भने ५ कम्पनीको मूल्य घटेको छ । बाँकी कम्पनीहरूको मूल्य स्थिर रहेको छ ।
No comments yet.