बजारमा सुन महँगियो, चाँदी सस्तो
- May 30, 2025
- 7
नेपाली बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ८८ हजार ५०० रुपैयाँ पुगेको छ, जुन बिहीबारको तुलनामा ७०० रुपैयाँले बढी हो।
त्यसैगरी, चाँदीको मूल्यमा भने गिरावट आएको छ। आज चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँ घटेर १ हजार ९८० रुपैयाँमा कारोबार भइरहेको छ, जुन बिहीबार १ हजार ९९५ रुपैयाँ थियो।
No comments yet.