बजेट पारित गर्न सत्ता गठबन्धनको रणनीतिक बैठक बालुवाटारमा
- Jun 24, 2025
- 155
आर्थिक वर्ष २०८१/८२ को विनियोजन विधेयक (बजेट) संसदबाट पारित गराउने निर्णायक दिनमा सत्ता गठबन्धनका शीर्ष नेताहरू अन्तिम रणनीति बनाउन बालुवाटारमा भेला भएका छन्।
प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको उच्चस्तरीय बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, कांग्रेस नेता कृष्णप्रसाद सिटौला, साथै गठबन्धनमा रहेका लोसपाका अध्यक्ष महन्थ ठाकुर, जसपा नेपालका अध्यक्ष अशोक राई, जनमत पार्टी अध्यक्ष डा. सिके राउत र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ पनि सहभागी छन्।
प्रतिनिधि सभामा आज मन्त्रालयगत छलफलमा उठेका प्रश्नहरूको मन्त्रीहरूले जवाफ दिने कार्यसूची रहेको छ। जवाफ सकिएलगत्तै बजेटलाई निर्णयार्थ प्रस्तुत गरिनेछ।
बजेट जस्तो संवेदनशील विधेयकमा कुनै समस्या नआओस् भनेर एमाले र कांग्रेसले आफ्ना सांसदहरूलाई अनिवार्य रूपमा उपस्थित हुन र पक्षमा मतदान गर्न ‘ह्विप’ जारी गरिसकेका छन्।
यो बैठक सत्ता गठबन्धनभित्र सहमति कायम रहेको र बजेट सहजै पारित हुने सन्देश दिनेस्वरूपको प्रयासका रूपमा लिइएको छ।














No comments yet.